संघको निर्वाचनमा कांग्रेसले टेकनलाई उम्मेदवार बनायो

 माघ २३, २०७७

तुलसीपुर ।

नेपाली कांग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि हिमाल बस्नेत (टेकन) लाई उम्मेदवार बनाउने भएको छ । उम्मेदवार छनौट समितिका संयोजक केशव आचार्यका अनुसार फागुन १ गते हुने निर्वाचनमा काँग्रेसले टेकनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्वअध्यक्ष समेत रहेका टेकन पुनः अध्यक्ष बन्ने आकांक्षा प्रस्तुत गरेका थिए ।

आचार्यसहित दाङ क्षेत्र नं. ३ का कांग्रेस सभापति जगत खड्का र जिल्ला सदस्य सुरेन्द्र खड्का गरि तीन सदस्यीय समितिले सर्वसम्मतिमा अध्यक्ष बनाउने निर्णय गरेको हो । बाँकी सदस्यहरुको भने अझै टुंगो लागेको छैन । साथै संयोजक आचार्यले अन्य पार्टीसंग सहकार्य गरेर जान सकिने बताए । संघको निर्वाचन फागुन १ गते हुने भएकोे छ भने २५ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

तपाईंको प्रतिक्रिया