तुलसीपुर केन्द्रवाट १५ सय बढिलाई खोप

 माघ २३, २०७७


तुलसीपुर ।

आज तुलसीपुर कारागारका ४ सय ६७ जनालाई कोरोना विरुद्ध खोप प्रदान गरिएको छ । त्यस्तै तुलसीपुरका १ सय ४० जना स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयं सेविका लाई समेत खोप प्रदान गरिएको काेराेना फाेकल पर्सन बिमल केसीले जानकारी दिए । तुलसीपुरमा हाल सम्म चार वटै पालिका समेत गरि राप्ति प्रादेशिक अस्पताल खोप केन्द्रवाट १ हजार ८९ जनालाई खोप लगाईयको छ । जसमा तुलसीपुर उपमहानगरपालिका भित्रका ८ सय६७ जना ,ववई गापाका ८१ जना , दंगिशरण गापाका ७७ जना र शान्तिनगर गापाका ६४ जना गरि १५ सय ५६ व्यक्तिहरुले पहिलो चरणमा खोप लगाएका छन । यो संगै पहिलो चरणको कोरोना विरुद्ध खोप लगाउने कार्यक्रम सकिएको छ । अवको एक महिना पछि यहि चरणमा खोप लगायका व्यक्तिलाई नै पुनः अर्को मात्राको खोप लगाईने छ ।
कुनै जटिल तथा नकारात्मक असर विनानै कोभिड विरुद्द खोपको पहिलो चरणको कार्यक्रम सम्पन्न भएको फाेकल पर्सन केसीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया