ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु

 माघ २४, २०७७

तुलसीपुर ।
पश्चिम दाङमा ट्याक्टरको ठक्करबाट एउटै मोटरसाईकलमा सवार तीन जना मध्य दूई जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन । ज्यान जानेमा दंगिशरण गाउँपालिका वडा नम्बर ३ हेकुलीका २५ बर्षीय बिबेक थापा र वडा नम्बर ४ बैबाङका २६ बर्षीय दिनेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनिहरुको कोहलपुरमा उपचारको क्रममा ज्यान गएको हो ।

दूर्घटनामा परि घाईते मोटरसाईकलमा सवार दंगिशरण ३ रातवगाउँका २४ बर्षीय आँकाश कँडेलको पनि कोहलपुरमा उपचार भइरहेको छ । हिजो बेलुका सवा ८ बजेतिर तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा १ त ३४४१ नम्वरको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ६ प १४३४ नम्वरको मोटरसाईकललाई दंगिशरण ५ लौबस्तामा ठक्कर दिएको थियो ।

तीब्र गतिका कारण उक्त दूर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान अनुमान गरेको छ ।

तपाईंको प्रतिक्रिया