लगानीकाे समस्या छैन,नितिगत समस्या छ : ढकाल

 माघ २४, २०७७

तुलसीपुर । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले देशको समृद्धको लागि निजि क्षेत्र सदैव तत्पर रहेको बताउनुभएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको २६औं बार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष ढकालले स्थानीय स्रोत साधनको व्यवस्थित उपयोग विना विना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने भन्दै निजी क्षेत्र लगाणी गर्न तयार रहेको बताउनुभयो ।

निजी क्षेत्रले छोटो समयमा पनि ठूला ठुला काम गरेको उदाहरण दिदै लगानिको कुनै समस्या नभएको उहाले बताउनुभएको थियो । ब्यावसाय सञ्चालनमा सहजता हुने खालको सरकारी नितिको आवस्यकता रहेको उहाले बताउनुभयो

संघका अध्यक्ष विर बहादुर रावत विरुको अध्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा बोल्दै विघटित प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसीले देश विकास निजि क्षेत्रको सहभागिता बिना हुन नसक्ने बताउनुभएको थियो । हरेक विकास निर्माणमा निजि क्षेत्रले योगदान गरेको उहाले बताउनुभयो ।
यस्तै अर्का विशिष्ठ अतिथि तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले आर्थिक विकास सगैं समृद्धिमा बाणिज्य संघको महत्वपुर्ण भुमिका रहेको बताएका थिए । यस क्षेका विकासको लागि निजि क्षेत्रसंग सहकार्य गरि अघि बढ्न तयार रहेको समेत बताउनुभएको थियो । तुलसीपुर क्षेत्रमा औद्योगिक ग्राम स्थापना हुन लागेको भन्दै निजि क्षेत्रको सहयोगको अपेक्षा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने अन्य बत्ताहरुले निजि क्षेत्रले राज्यलाई सघाएपनि सरकारले फरक दृष्टिले हेरेको बताएका थिए । यसका लागि ब्यावसायिक एक जुटको आवस्यकता रहेको उनिहरुले औंल्याएका थिए ।

तपाईंको प्रतिक्रिया