तुलसीपुर महाेत्सवकाे अाय-ब्यय सार्वजनिक, कति भयाे बचत

 माघ २४, २०७७


तुलसीपुर ।
तुलसीपुर उद्योग बाणिज्य संघको २६औं बार्षिक साधारणसभामा संघले २०७६ आयोजना गरेको महोत्सवको आयव्यय विवरण समेत सार्वजनिक गरेकाे छ ।
संघका कोषाध्यक्ष डिल्ली बहादुर वलीले आयव्यय विवरण प्रस्तुत गर्नुभएको हो । महोत्सवबाट खर्च कटाई ५३ लाख ९० हजार ७५ रुपैया आम्दानी भएको बताइएको छ । विभिन्न शिर्षकमा ८७ लाख ८९ हजार ५ सय १२ रुपैया आम्दानी भएको र ३३ लाख ९९ हजार ४ सय ३७ रुपैया खर्च भएको संघका कोषाध्यक्ष वलीले जानकारी दिनुभयो । कोरोना महामारीका कारण महोत्सवको आयब्यय ढिला सार्वजनिक भएको हो । यस्तै संघको सुबिधा सम्पन्न सभाहलको पनि उद्घाटन गरिएकोे छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल रिवन काटेर उक्त हलको उद्घाटन गरेका हुन । त्यस अवसरमा निर्माण समितिका संयोजक बिमल रिजालले हलको साचो अध्यक्ष विर बहादुर रावतलाई हस्तान्तरण गर्नुभएको थियो । यसैविच सभाहलमा अझै थुप्रै कामहरु बाकि रहेकोले निर्माणका लागि सहयोग उठ्ने क्रम जारी रहेको छ । आज मात्रै तुलसीपुर निबासी ललित जंग शाह र विरेन्द्र कुमार शाहले ३ लाख ३ हजार रुपैया, समाजसेवी रामबहादुर खत्रीे दम्पतीले एक लाख २७ हजार ६ सय पाँच रुपैयाँ सहयोग गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया