ओलि समुहले बनगाडमा गर्यो नगरस्तरिय भेला

 माघ २४, २०७७

सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी( नेकपा ) वली समुहको बनगाड कुपिण्डे नगरपालिका नगर स्तरीय भेला सम्पन्न गरेको छ ।शनिबार भएको भेलाबाट गन्जमान बुढा अध्यक्ष रहेको ७५ सदस्यिय नगर कमिटी गठन गरिएको छ । जसमा ३४ जना नया सदस्य थपिएका छन । भेलामा नेपाली काङ्ग्रेस बाट चन्द्र बहादुर पुन सहित र राप्रपा पार्टी छाडेर १० जनाले नेकपा ओलि समुहमा प्रवेश गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य गुलाब जङ्ग शाहले पार्टी भित्र गुडबन्दी मौलाएको र छलफल नगरेरै प्रधानमन्त्री केपि वलीलाइ ससदमा अविस्वासको प्रस्ताव लिन लागेको पछि देशलाई बजाउनको लागि ससद विघटन गरि चुनाव घोषण गरेकाले कसरी प्रतिगामी कदम हुन्छ भनेर प्रश्न गर्नुभयो ।

बिकास निर्माण भएको हेर्न नचाहेनेले अब बैशाखमा हुने चुनावमा जनताले सधैको लागि बढार्ने बताए हुदा खादाको घर बिगारेर प्रचण्ड नेपाल पक्ष माइतीघर तिर हामी यहाँ छौ भन्न गएको बताउनभयाे ।

कार्यक्रमका विशिष्ट अथिती तथा नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले बुर्जुवा वर्गको पार्टी नेपाली काङ्ग्रेस जस्ता पार्टीले देशमा कहिले पनि विकास गर्न नसक्ने देखेर कम्युनिस्ट पार्टी एकता गरेको उहाले बताउनु भएको छ । कम्युनिस्ट पार्टीको एकता भएर देश विकास हुना थालेपछि कम्युनिस्ट भित्रका केही अराजक व्यक्तिहरुले गुडबन्दी गरेर पार्टीको केही समुह बाहिर गएको उहाँले बताउनुभयाे ।

पार्टी भित्रका वरिष्ठ नेताहरूको कारण पार्टीमा समस्या आएको अध्यक्ष पुनले बताउनुभयाे। बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख समेत रहेका पुनले आफुले नगरपालिका भित्र सडक खानेपानी स्वास्थ्य विधुतको क्षेत्रमा उल्लेखनीय विकास गरेको दाबी गर्नु भयो ।

आधिकारिक पार्टी केपि वलि समुहको भएकोले सबैलाई यहि मुल पार्टीमा लाग्न समेत अनुरोध गर्नुभयाे ।

कार्यक्रममा जनजाति महा संघ केन्द्रिय सदस्य अकबर पुन, प्रदेश सल्लाहकार प्रतिमल बुढा, जिल्ला सदस्य आशा वली, चन्द्रीका पुन, प्रदेश परिषद सदस्य दिप ब खड्का, अनेरास्ववियु केन्द्रिय सदस्य राजेश वलि, युवा संघ प्रदेश सदस्य सन्जिता शर्मा, युवा संघ क्षेत्रीय सयोजक इन्द्र भाट लगाएत बक्ताहरुले बोलेका थियो भने कार्यक्रमको अध्यक्षता गन्जमान बुढा तथा सन्चालन अनेरास्ववियु जिल्ला सयोजक रामबहादुर केसिले गर्नु भएकाे थियाे भने स्वागत मन्तव्य नगर कमिटी सदस्य भुपाल केसिले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया