सवारी दुर्घटना न्युनिकरण गर्न तुलसीपुरमा ‘डमी’

 माघ २६, २०७७

शरद रेग्मी, तुलसीपुर ।
बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी कार्यालय दाङले तुलसीपुरका तीन स्थानमा डमी ट्राफिक प्रहरी तयार पारेर राखेको छ । ‘ट्रफिक नियमको पालना गरौ’ लेखेको प्लेकार्ड समातेर उभिएको ट्राफिक प्रहरी जस्तै देखिने गरि वीरेन्द्र चोकमो डमी राखिएको हो ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले गाडीको गति कम गर्ने र सर्वसाधारणले पनि ट्राफिकको नियम पालना गर्दा दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने र जनशक्ति अभावलाई समेत केहीहदसम्म टार्ने भएकाले यो डमी पछिल्लो समय उपयोगी मानिएको छ ।

ट्राफिक चेतना जगाउने उद्देश्यले वीरेन्द्र चोक, बसपार्क जाने आरालोको पिपलवोट र बाहिनी चोकमा ट्राफिक जस्तै देखिने डमी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थमन जीसीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया