ईतिहास तोड्ने दाउमा ‘चालीसे’
तुलसीपुर ।
तुलसीपुर उद्योग बाणिज्य संघमा निर्वाचनको मिति नजिकिए सगैं चुनावि सरगर्मि बढेको छ । उम्मेदवारहरु चुनावि प्रचार प्रसारमा ब्यस्त भएका छन । उम्मेदवार दर्ता गरे सगैं विभिन्न एजेण्डा लिई ब्यवसायीको घरदैलोमा पुग्न सुरु गरेका छन । नेकपाबाट चुनावि मैदानमा उत्रिएको समुहले भेटघाट थालेका छन । अध्यक्षका उम्मेदवार राम प्रसाद चालिसेलेको नेतृत्वमा उनिहरु घेटघाटमा ब्यस्त भएका छन । चालिसे हालका बरीष्ठ उपाध्यक्ष हुन । ब्यवसायी समक्ष सरल स्वभाव बनाएका चालिसेले ब्यवसायीको हक हित सगैं समस्या समाधानको लागि पहल कदमि गर्नु र्नै मुख्य एजेण्डा बनाएका छन ।
बरीष्ठ उपाध्यक्ष हुदा समेत उनले ब्यवसायीका पिर मर्कामा जानकार रहेको हुदा साथ पाउनेमा विश्वस्त छन । उनि आफ्नो प्यानल तिरबाट मात्रै नभई कांग्रेस निकटबाट पनि साथ सहयोग पाउनेमा ढुक्क छन । ब्यवसायीले पनि नयाँ अनुहारको खोजिमा रहेको उनि बताउछन । कांग्रेसबाट उम्मेदवार बनेका यस अघि अध्यक्ष भईसकेको हुदा पुन दोहरीएकोले ब्यवसायी नँया अनुहारको खोजीमा रहेको देखिन्छ । कांग्रेसबाट नै बागि उम्मेदवारी परेको हुदा मिलाउन सकस भएको छ । पार्टीबाट अध्यक्षमा टेकन प्रसाद बस्नेत(हिमाल) र बागीबाट अध्यक्षमा अनुप कुमार श्रेष्ठ (रामु दाई) को प्यानल चुनावी मैदानमा खडा भएपछि पार्टीका नेताहरुलाई मिलाउन सकस भएको हो ।
यता, उद्योग बाणिज्य संघको ईतिहासमा हाल सम्म बामपन्थी विचारका एक ब्यवसायीले मात्रै नेतृत्व लिएका छन । तत्कालिन नेकपा एमाले निकट व्यावसायी स्व.ठाकुर प्रसाद धितालले २०५३ देखी २०५५ सम्म उद्योग बाणिज्य संघको नेतृत्व लिएका थिए । संघमा कांग्रेसको दवदवा तोड्ने दाउमा नेकपा लागेको छ । बरीष्ठ उपाध्यक्ष सम्म पुगेता पनि अध्यक्षमा पुग्न नसकेको हुदा नेकपा ईतिहास तोड्ने अवसरका रुपमा लिएको छ ।
तपाईंको प्रतिक्रिया