बाणिज्य संघको निर्वाचन: नौ जनाको उम्मेद्वारी फिर्ता

 माघ २८, २०७७

तुलसीपुर ।
तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा ९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचन कार्यतालीका अनुसार उम्मेदवारी फिर्ता लिने अन्तीम दिन आज विभिन्न पदका उम्मेदवारले उम्मेदवारी फीर्ता लिएको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिनुभएको छ । जस अनुसार काँग्रेसका बागि उमेदवार अनुप कुमार श्रेष्ठ (रामु दाई) ले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

अध्यक्षमा अब बाम प्यानल रामप्रसाद चालिसे र प्रजातान्त्रीक प्यानलका टेकन प्रसाद बस्नेत हिमाल विच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी बाणिज्य उपाध्यक्ष तर्फ भुपाल रावत र डिल्ली बहादुर वली, खुल्ला उपाध्यक्ष तर्फ राजेन्द्र प्रसाद श्रेष्ठ र देवेन्द्र केसी , कोषाध्यक्षमा पहल बहादुर रोकाह र केशव बहादुर वलीले उम्मेदवारी फिर्ता लिनुभएको हो । त्यसैगरी सदस्यमा निर्मल कुमार पौडेल, गोपी लाल चौधरीले उम्मेदवारी फिर्ता लिनुभएको छ । फागुन १ गते संघको निर्वाचन हदै छ ।

तपाईंको प्रतिक्रिया