जनकपुर-जयनगर रेलका लागि भाडादर प्रस्ताव

 माघ २८, २०७७

काठमाडौं ।

कुर्था-जयनगर रेलमार्गमा सरकारले झण्डै सडक मार्गमा तोकेजतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर ७५ रूपैयाँ प्रस्ताव गरिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

अरु सवारीसाधन जति नै हुने गरी भाडादर प्रस्ताव गरिएको उनले बताए । सामान्य भन्दा डिलक्स सिटका लागि भने महँगो भाडा पर्नेछ । सामान्यभन्दा चारदेखि पाँच गुणासम्म महँगो भाडा कायम हुनसक्ने भट्टराईको भनाइ छ । औपचारिक रूपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको कम्पनीले जनाएको छ ।

भारतीय कम्पनी कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया