बाह्र नम्बर वडामा २ सय लगत संकलन

 माघ २८, २०७७

तुलसीपुर ।

भुमिहिन दलित, भुमिहिन सुकुम्बासि तथा अब्यवस्थीत बसोबासीको समस्या समाधानको लागि तुलसीपुरका विभिन्न वडाहरुमा लगत संकलनको काम भैरहेको छ । वडाहरुले आ आफ्नै तरीकाले लगत संकलनको काम थालेका छन । यसैक्रममा वडा नम्बर १२ मा हाल सम्म १ सय ९९ लगत संकलन भएको छ ।

वडामा भुमिहिन दलित २५, भमिहिन सुकुम्बासि ६३ र अब्यबस्थित बसोबासी १ सय ११ जनाको लगत सङ्कलन भएको वडाध्यक्ष सुर्य बहादुर डाँगीले जानकारी दिएका छन । वडाबासिको भिडलाई मध्यनजर गरि साँझ अबेर सम्म लगत लिने काम भैरहेको वडाध्यक्ष डाँगीको भनाई छ । वडाले विहानै ८ बजे देखि नै लगत संकलनको काम गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया