भालु भनी गाेलि चलाउदा आफ्नै दाइलाई लागेपछि…

 माघ २८, २०७७

दाङ । दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमेस्थित तिरतिरे जंगलमा सिकार खेल्ने क्रममा सोही ठाउँका ३९ वर्षिय इन्द्रबहादुर रानाको मृत्यु भएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय गढवाका इन्चार्ज राजकुमार भट्टका अनुसार मंगलबार दिउँसो इन्द्रबहादुर र भाई २७ वर्षीय सूर्यबहादुर राना सिकार खेल्न राष्ट्रिय वनमा गएका थिए । सो क्रममा भाइले चलाएको भरुवा बन्दुकको गोली लागेर दाइ इन्द्रबहादुरको घटनास्थलमा मृत्यु भएको हो ।

सिकार खेल्ने क्रममा भालु आएको जस्तो देखेपछि भाइले फायर खोल्दा दाइको मृत्यु भएको खुल्न आएको भट्टले बताउनुभयो । उहाँका अनुसार घटनामा संलग्न भाई सूर्यबहादुरलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिक्रिया