रामकुमारी झाँक्री पक्राउ

 माघ २९, २०७७

काठमाण्डाै – नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।


यसअघि ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाही गर्न माग गरेको थियो । हिजो काठमाण्डौमा भएको प्रचण्ड-नेपाल समूहको आमसभामा झाँक्रीले आफूविरुद्ध लगाइएको आरोपको विरोध गर्नुभएको थियो । झाँक्रीलाई पक्राउ नगर्न उहाँको निवास अगाडि नाराबाजी भएको थियाे ।

तपाईंको प्रतिक्रिया