जर्मनीमा मार्च ७ सम्म लकडाउन

 माघ ३०, २०७७

तुलसीपुर ।

जर्मनीमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी लकडाउनको समयावधि थप गरेको छ । हाल जर्मनीमा लगाइएको लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने जर्मन सरकारले निर्णय गरेको हो ।जर्मन चान्सलर एन्जेला मर्केल र १६ ओटा संघीय नेताहरुले लकडाउन लम्ब्याउने विषयमा सहमति जनाएका थिए । उनीहरुको सहमतिलगत्तै सरकारले जर्मनमा हाल कायम रहेको लकडाउनको अवस्थालाई आगामी मार्च महिनाको ७ तारिखसम्मका लागि लम्ब्याएको जानकारी गराएका हुन् ।

जर्मनीका प्रायः सबैजसो स्थानमा प्रतिबन्धसहितका केही प्रावधानहरु राखेर लकडाउन जारी रहेको थियो । यो लकडाउनको अवधि यही फेब्रुवरी १४ सम्मका लागि पनि यसअघि कायम गरिएको थियो ।सो अवधि सकिनु चार दिन अगावै जर्मनी सरकार लकडाउनको अवधि लम्ब्याउने निर्णयमा पुगेको बताइएको हो । जर्मनीमा देशभरि नै नभएर आंशिक रुपमा लकडाउन गरिएको छ । अघिल्लो नोभेम्बर महिनाको पहिलो हप्तादेखि नै लकडाउन सुरु गरेको थियो ।

तपाईंको प्रतिक्रिया