फागुन २३ देखि आम सर्वसाधारणलाई खोप दिने तयारी
तुलसीपुर ।
सरकारले २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ । भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार अग्रभागमा खटिएकालाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।
२६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइएको छ । २ फागुनदेखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिइनेछ । खोप वितरणको प्राथमिकता परिवर्तन नगरेको तर, उपलब्धता हेरेर निर्णय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका खोप महाशाखाको प्रमुख डा. झलक गौतमले सीआईएनलाइ बताउनुभयो । उहाँले खोप संग नडराउन र आफ्नो पालो आएको समयमा खोप लगाउन आग्रह गर्नुभयो ।
तपाईंको प्रतिक्रिया