तुलसीपुरमा ८० जनालाई कोरोना खोप
तुलसीपुर ।
तुलसीपुरमा कोरोना विरुद्धको खोपको दोस्रो समुहको खोप लगाउने अभियान शुभारम्भ भएको छ । अभियानको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डले लगाएर सुभारम्भ गरेका हुन । आज २ गते देखि ८ गते सम्म कोरोनो खोप लगाईने छ । शुभारम्भ कार्यक्रममा नगर प्रमुख घनश्याम पाण्डेले सवै जन प्रतिनिधिहरु कर्मचारीहरु लाई ढुक्क भयर खोप लगाउन अनुरोध गरे ।
राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेको अध्यक्षतामा खोपको सुभारम्भ गरिएको हो । जस अन्तर्गत निजामती कर्मचारी, स्थानीय जन प्रतिनिधिहरु ,जनपद प्रहरी,शसत्र प्रहरी , वैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकार लगायतका ८० जनाले खोप लगाएको जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया