प्युठानका पत्रकारले लगाए कोरोना खोप
शुुसिला बुुढा मगर, प्युठान । सरकारले कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आइतबार प्युठानका पत्रकारलाई लगाउन शुरु गरेको छ । कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत फ्रन्टलाइनमा खट्ने पत्रकारलाई लगाउन शुरु गरिएको हो । प्युठान अस्पताल बिजुवारमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाईएको छ । आइतबार जिल्लाका ३५ जना पत्रकारले कोभिड-१९ विरुद्धको खोप लगाएको जिल्ला जन स्वास्थ्य प्रमुख बिशाल सुबेदिले जानकारीले जानकारी दिनुभयो । कोभिड १९ बिरुद्धको खोप लगाएपछि पत्रकारहरुले खुशी व्यक्त गरेका छन् ।
तपाईंको प्रतिक्रिया