पुल बन्यो, मजदुरले ज्याला पाएनन्

 फागुन ०७, २०७७

तुलसीपुर ।
स्थानिय मजदुरहरुलाई काम गरेको ज्याला नदिइ सिस्ने कन्ट्रकसन पुल निर्माण कम्पनीका ठेकेदार विरेन्द्र शाही भाग्न लागेको भन्दै दाङको गढवा गाउँपालिका वडा नम्बर ५ सोनपुरवा गाउँका स्थानियहरुले गुनासो पोखेका छन् । अजगढ़वा देखि सोनपुरवा गाउँ जोड्ने जनरेल खोलामा पक्कि पुल निर्माणको काम सम्पन्न भइसक्दा समेत स्थानिय मजदुरले ज्याला नपाएको सोनपुरवाका स्थानीय नगिना चौधरीलेको गुनासो छ ।

२०७६ सालको जेष्ठ र असार महिनामा पुल निर्माणको काममा लागेका गाउँका अन्य एक्काइस जना स्थानिय मजदुरीलाई ठेकेदारले ठगेर भाग्न थालेको बताएका छन । पुल निर्माणको जिम्मा सिस्ने कन्ट्रक्सन कम्पनिले बर्दियाका अनिल चौधरीलाई पेटी ठेक्का दिएर काम गरेको थियो । पुल निर्माणको कार्य शुरु भएदेखि काममा लागेका स्थानीयले झन्डै डेढ वर्ष पुग्दा समेत काम गरेको मजदुरी पाउन सकेका छैनन् ।

तपाईंको प्रतिक्रिया