प्रदेश २ को प्रमुखबाट परियार आउट, झाको ईन्ट्री

 फागुन ०७, २०७७


काठमाण्डाै ।

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपतिले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा परियारलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । प्रदेश २ का प्रमुख परियार तत्कालीन नेकपा माओवादीका नेता हुनुहुन्छ ।

तपाईंको प्रतिक्रिया