आर्थिक ऐन अनुसार नै राजस्व लिएका छाै

 फागुन ०८, २०७७


तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाले अव्यवस्थित बसोबासीसँग कानुन अनुसार नै कर लिएको प्रष्ट पारेकाे छ । उपमहानगरपालिकाको नगर सभाले पारित गरेको आर्थिक ऐनमा टेकेर नै राजस्व लिइएको नगरप्रमुख घनश्याम पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए ।उपमहानगरपालिकाले गैरकानुनी ढँगले कर असुली गरेको भन्ने समाचार विभिन्न सञ्चार माध्यमबाट आएपछि पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । यस विषयमा शनिवार विहान वसेको कार्यपालिका बैठकले कर असुलीका बारेमा पत्रकार सम्मेलन मार्फत जनतालाई प्रष्ट गराउने निर्णय गरेको थियो ।

पत्रकारहरुलाई कर असुलीका बारेमा प्रष्ट पार्दे नगरप्रमुख पाण्डेले नियमित सिफारिस शुल्क मात्रै लिएको जानकारी दिए । उपमहानगरपालिकाले प्रतिवद्धता अनुसार अव्यवस्थित बसोबासीलाई निर्धारित समयमै लालपुर्जा उपलब्ध गराउने कार्यमा प्रतिवद्ध रहेको समेत उनको भनाई थियो ।

विभिन्न पालिकाले आर्थिक ऐन नवनाएका कारण तत्कालका लागि शुल्क नलिएको पनि उनले वताए । आर्थिक ऐन वनाएका सबै पालिकाहरुले शुल्क लिएको समेत उनको भनाई छ ।
अदालतको निर्णयलाई सम्मान गर्ने वताउँदै कानुनमा टेकेर नै राजस्व लिएका कारण अदालतमा परेको रिटका विषयमा वहस गर्ने समेत उनले वताए ।

यसै बिच, विभिन्न टोल विकास संस्थाले सिफारिस दिने नाममा अनेक खालका शुल्क लिन नमिल्ने पनि पत्रकार सम्मेलनमा नगरप्रमुख पाण्डेले जानकारी दिए । कार्यक्रमकाे सहजिकरण नगर प्रवक्ता श्याम डाँगीले गरेका थिए ।

फाेटाे चेतन रेग्मी

तपाईंको प्रतिक्रिया