बस दुर्घटना हुदा चालकको मृत्यु

 फागुन १२, २०७७

तुलसीपुर ।
दाङबाट काठ्माण्डौका लागि छुटेको बस पूर्वी नवलपरासीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि बस चालक घोराही उपहानगरपालिका वडा नम्बर १४ का ४० वर्षिय मोतिराम बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

ना ६ ख ५०३५ नम्बरको बस गएराती पुर्वी नवलपरासीको बिनय त्रिवेणी गाउँपालिका–२ को घ्युखोला नजिकै मंगलवार दुर्घटनामा परेको हो । तिब्र गतिमा रहेको बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया