संसद पुन:स्थापनाको खुसीयालीमा दाङमा विजयी जुलुस

शिवु खनाल, देउखुरी ।
सर्वोच्च अदालतले संसद पुन: स्थापनाका लागि गरेको फैसलाको दाङको विभिन्न जिल्लामा स्वागत र्याली तथा विजय सभाकाे कार्यक्रम सम्पन्न भएको छ । अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिदै,१३ दिनभित्रै संसद बैठक बोलाउन पनि आदेश दिएको छ ।
सर्वोच्च अदालतले संसद पुनस्र्थापनाका लागि गरेको फैसलाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजपुर गाउँपालिकाले स्वागत र्याली तथा बिजय सभा कार्यक्रमकाे आयाेजना गरेको हाे ।स्वागत र्याली तथा बिजय सभा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य दामा शर्माले जनताको आन्दोलनको जीत भएको बताउनुभयाे ।
कार्यक्रममा (नेकपा) काे क्षेत्रीय संयाेजक मिना गुरूङ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजपुर गाउँपालिका इञ्चार्ज शिल्पा चाैधरी, (नेकपा) राजपुर गाउँपालिकाका दल युवा नेता श्याम राेका लगायतले सभालाई सम्बाेधन गर्नुभएको थियो । कार्यक्रमकाे सहजिकरण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजपुर गाउँपालिका अध्यक्ष चक्रबहादुर खड्का (शिखर) ले गर्नुभएको थियोे ।
यस्तै प्रतिनिधि सभा पुर्नस्थापनाकाे स्वागत र्याली तथा बिजय सभा कार्यक्रम लमहीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लमही नगर कमिटीले आयाेजना गरेको प्रतिनिधि सभा पुर्नस्थापनाकाे स्वागत र्याली तथा बिजय सभा कार्यक्रममा बाेल्ने वक्ताहरूले सत्यकाे वियज भएको भन्दै, न्यायालयलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नारायणी शर्मा, (नेकपा) का दाङ कार्यालय सदस्य सुरामणी बेल्वासे, (नेकपा) लमही नगर कमिटीका अध्यक्ष शाेभा घिमिरे लगायतले बाेल्नु भएको थियोे । दिलकुमार श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण बसन्तराज शर्मा (बिक्रान्त) ले गर्नुभएको थियोे ।।
तपाईंको प्रतिक्रिया