नेकपा कसको पार्टी भन्ने फागुन २० मा टुंगो लाग्ने

काठमाडौं ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीवार सुनुवाइ सकिएको थियो । फैसला सुनाउने मिति फागुन २० लाई तोकिएको छ । नेकपाका अध्यक्ष कट्टेलले वि.सं. २०६९ सालमा नेकपा नामक पार्टी आफूले दर्ता गरेको तर पछि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि वि.संं. २०७५ साल जेठ ३ गते निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दर्ता गरेको विरुद्ध रिट दायर गरेका थिए ।
निर्वाचन आयोगले त्यतिबेला केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पार्टी नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको निर्णय गरेको थियो । अध्यक्ष कट्टेलले वि.सं. २०७५ मंसिर २१ गते आयोगको उक्त निर्णयविरुद्ध रिट दायर गरेका थिए । उक्त रिटमा फैसला हुन लागेको हो ।
तपाईंको प्रतिक्रिया