हामिले हुर्काएका रुख विरुवामाथि हस्तक्षेप किन ?
![](https://janamukhikhabar.com/wp-content/uploads/2021/02/jograj-1024x768.jpg)
तुलसीपुर ।
पारिवारिक निजि वन संघ नेपालका अध्यक्ष जोगराज गिरीले आफैले संरक्षण गरी हुर्काएको रुख विरुवा माथि राज्यले हस्तक्षेप गरेको हुदा फुकुवा हुनुपर्ने माग गर्नुभएको छ । शुक्रवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गदै संघका केन्द्रिय अध्यक्ष गिरीले पारिवारिक निजि बनमा साल लगाएतका प्रजातीको रुख कटान तथा ओसारपसारमा सरकारले प्रतिबन्ध लगाएकोमा गुनासो गर्नुभयो ।
नागरिकले आफनो निजि जमिनमा लगाएको साल तथा अन्य प्रजातीको रुख स्वतन्त्र पुर्वक कटान तथा विक्रिवितरण गर्नपाउनु पर्ने माग गदै उहाले यसमा राज्यले उपभोक्ताको अधिकारमाथी हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।
तपाईंको प्रतिक्रिया