दाङमा ८ जुवाडे पक्राउ
![](https://janamukhikhabar.com/wp-content/uploads/2021/02/जुवा-सम्बन्धि-पक्राउ-1024x768.jpg)
तुलसीपुर ।
दाङमा जुवाको खालबाट ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं। ८ का २८ बर्षीय तिलक वली, सोही ठाउँका ३५ बर्षीय शरद रावत, बर्ष ३० का समिर खड्का, बर्ष ३५ का सुरेन्द्र चौधरी, बर्ष २१ का यादव राना, बर्ष ४४ का शिवु रावत, बर्ष ४० का रमेश वली र जुवा खेलाउने घरधनी सुरेन्द्र सेनजुवा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।
घोराही उपमहानगरपालिका वडा नं। ८ सेवारबाट ६४ हजार तीनसय नगद रुपैया, पाँच थान गड्डी तास र एउटा गलैचा सहित उनीहरुलाई नियन्त्रणमा लिईएको हो । जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई आज बिहान नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।
तपाईंको प्रतिक्रिया