दाङको प्रमुख जिल्ला अधिकारीको रुपमा पौडेल आउदै
तुलसीपुर ।
गृह मन्त्रालयले आज दाङ सहित ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रजिअको जिम्मेवारीमा रहेका २५ सहसचिव र २७ उपसचिवको सरुवा भएको हो । दाङका प्रजिअ जय नारायाण आचार्यको गृह मन्त्रालयमा काज सरुवा भएको छ । अव नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय कपिलबस्तुबाट दिर्घनारायण पौडेल आउनुहुने छ ।
यस्तै,सल्यानका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यागमन कार्यालयमा सरुवा भएको छ । नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा लक्ष्मीदेबी होमागाई खतिवडा आउने बताईएको छ ।।
तपाईंको प्रतिक्रिया