भारतमा २४ घण्टामा १७ हजार ३४६ जना संक्रमित थपिए
काठमाडौं ।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड १० लाख ९६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १७ हजार ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ करोड १० लाख ९६ हजार ४४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११७ जनाको मृत्यु भएको छ ।
यो सँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ८७ पुगेको हो । भारतमा १ करोड ७ लाख ७३ हजार २७५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ६६ हजार ७८ छ ।
तपाईंको प्रतिक्रिया