कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १६ बर्षपछि पक्राउ
तुलसीपुर ।
कर्तव्य ज्यान मुद्धामा फरार भएका एक अभियुक्त १६ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा तुलसीपुर ११ कटाहा बस्ने ५५ बर्षिय लिला बहादुर खत्री रहेका छन् । उनी विरुद्ध सर्वोच्च अदालतले २०६१ चैत २९ गते कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गदै १५ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
अपराध गरी उनी भारतको चण्डिगढ बस्दै आएको र छोराको तिथि गर्न घर आएको भन्ने सुचनाको आधारमा गएको प्रहरीको टोली आईतवार विहान साढे छ बजे पक्राउ गरेको डिएसपी मुकुन्द रिजालले जानकारी दिनु भएको छ । उनीहरुले कटाहाबाट हाल तुलसीपुर १० राईखल्यानमा घर बनाई बस्दै आएको पनि प्रहरीले बताएको छ । साथै प्रहरीले कुनै अपराध गरी लुकीछिपि बस्दै आएका अभियुक्तलाई देखेमा प्रहरीलाई सुचना दिन आग्रह समेत गरेको छ ।
तपाईंको प्रतिक्रिया