अागलागि हुदा घर-गाेठ जलेर नष्ट

 फागुन १६, २०७७


तुलसीपुर ।

दाङमा अागलागि हुदा तीन घर र दुई गाेठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्लाकाे गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुरमा आगलागी भएको हाे । अाज बेलुका आगलागी हुदा स्थानीय कर्णबहादुर रानाको घर-गोठ, कर्णबहादुरकि आमाको घर, स्थानीय मनिराम रिजालको घर-गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । गढवा गाउँपालिका, लमही नगरपालिकाको दमकल, स्थानीय वासिन्दा र प्रहरीको सकृयतामा आगलागी नियन्त्रणमा आएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले इन्कोर परियोजना मार्फत पिडित परिवारलाई अस्थायी आवास निर्माणको लागि त्रिपाल, भाँडाकुँडा, लत्ताकपडा प्रदान गरेको संयोजक देवी प्याकुरेलले जानकारी दिनुभयो । खडेरी सुरु भए सङै हावाहुरी चल्दा जिल्लामा बर्सेनि अागलागिका घटना हुने गर्दछन ।

तपाईंको प्रतिक्रिया