मोटरसाइकलको ठक्करबाट विद्यार्थीको मृत्यु
![](https://janamukhikhabar.com/wp-content/uploads/2021/03/stur-e1614610980173.jpg)
तुलसीपुर ।
दाङको घोराहीमा मोटरसाइकलको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किने क्रममा रा ४ प ७७४ नम्बरको मोटराईकलले ठक्कर दिदा घोराही उपमहानगरपालिका वडा नम्बर १७ सिस्ने खोला निवासी १५ बर्षीया अमृता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराहीको हिन्दू विद्यापीठमा कक्षा ८ मा अध्ययनरत आचार्यलाई मोटरसाईकलले ठक्कर दिदा गम्भीर घाइते भएकी थिईन । उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरससाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैविच,आचार्यको निधनमा उक्त विद्यालयले भोली शोक विदा गरेको छ ।
तपाईंको प्रतिक्रिया