खोप अभियान प्रभावकारी बनाउन छलफल

 फागुन १९, २०७७


तुलसीपुर ।
कोरोना भाइरस बिरुद्धको खोप अभियानलाई प्रभाबकारि बनाउन तुलसीपुर ११ स्थित उरहरि स्वास्थ्य चौकिमा बिशेष छलफल गरिएको छ। स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष चित्र बहादुर वलिको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागि सरोकारवालाहरुले खोप अभियानलाई सफल पार्न सबै मिलेर अगाडी बढ्नुपर्ने बताएका थिए ।
यहि फागुन २३ गते र २४ गते हेमनगर स्वास्थ्य क्लिनिकमा र २५ गते देखि २९ गते सम्म स्वास्थ्य चौकि बेल्टाकुरामा खोप लगाउने निर्णय भएको स्वास्थ्य चौकिका सिनियर अहेब तथा खोप कार्यकर्ता खड्ग बस्नेतले जानकारी दिनुभयो । सिनियर अहेब बस्नेतका अनुसार २५ गते कटाहां र बेल्टाकुराको पालो छ भने २६ गते हस्नापुर, जसपुर र उरहरिको, २७ गते मोतिपुर र प्रिगाउ चपुवाडाडा, २८ गते सुकौरा र बेलगनार तथा २९ गते नवलपुर र छुटेकाहरुलाई स्वास्थ्य चौकीमा खोप लगाइने छ । बिभिन्न संघ संस्था तथा शिक्षकहरुलाइ पनि खोप लगाउने ब्यबस्था मिलाइएको स्वास्थ्य चौकि प्रमुख चित्र वलिले जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य चौकि प्रमुख चित्र वलि, सिअहेब खड्ग बस्नेत लगायतले खोपको महत्व र प्रभाबकारिताका विषयमा जानकारी गराउनु भएको थियो । साबिक उरहरि गाबिस कार्य क्षेत्र रहेको यस स्वास्थ्य चौकिले तुलसीपुर ११ का १३०० र हाल १२ नम्बर वडा रहेको साबिकको गाबिस क्षेत्रमा ८७५ गरि २१७५ जनालाई खोप लागाउने उदेश्य अनुरुप तयारि भैरहेको स्वास्थ्य चौकिले जनाएको छ । जनप्रतिनिधिहरुले खोप लगाएर खोप अभियानको शुरुवात गरिने वडा सदस्य सुबास डागिले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया