तुलसीपुरमा जग्गाको नापी ड्रोनबाट लिईने
तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिकाले भुमि सम्बन्धि समस्या समाधानका लागि जग्गाको नापी ड्रोनबाट लिने भएको छ । पुर्जा लिन फाराम भरेकाहरुको जग्गाको नापि फिल्डबाट लिन ड्रोनका प्रयोग गर्न थालिएको हो । छिटोभन्दा छिटो र कम लगानिमा नापि लिन सकिने नापि अधिकृत प्रदिप ज्ञवालीले बताए ।
ड्रोनको उद्घाटन अवसरमा बोल्दै नगर प्रमुख घनश्याम पाण्डेले भुमि ब्यबस्थापनमा थप मद्दत पुग्ने बताए । जग्गाको नापि लिदा आउने समस्या समाधानको लागि प्रबिधिको प्रयोग गरिएको नगर प्रमुख पाण्डेले बताए । स्माट सिटिको अवधारणा अनुसार प्रबिधि मैत्री बनाउन यसकार्यलाई अघि सारिएको समेत उनले बताए । उद्घाटन कार्यक्रममा स्वागत उपप्रमुख माया शर्माले गरेकि थिईन भने सहजिकरण प्रबत्ता सुर्य बहादुर डागीले गरेका थिए ।
तपाईंको प्रतिक्रिया