“घर र जग्गा जमिन पाउने आसामा बर्षौ बित्यो”

बुद्धि पुन, सल्यान ।
सल्यानको शारदा नगरपालिका ३ संगित टोलका बिशुराम गन्धर्वको नाममा जग्गा छैन् । जनता आवास कार्यक्रम मार्फत सरकारले केही बर्ष पहिले बस्नलाई एउटा घर वनाइदिए पनि अहिले सम्म एक टुक्रा जग्गा उहाँ सँग छैन् । पख्र्यौली देखी नै संगित टोलमा बस्दै आएपनि जग्गा जमिन नहुदाँ समस्या भएको उहाँको भनाई छ ।
संगित टोल कै अनिता गन्धर्वको पनि एक टुक्रा जमिन छैन् । बस्नको लागी एउटा घर भएपनि खुर्सानी रोप्ने समेत एक टुक्रा जमिन नभएको उहाँको भनाई छ । संगित टोलका १४ परिवारलाई जनता आवास मार्फत सरकारले घर निर्माण गरिदिएको छ । यस्तै ५ परिवारको बस्ने आवास नै छैन् ।
यस्तै शारदा नगरपालिका १५ स्यालपानीकी बाला कुमारी बादीको जग्गा धनि लालपुर्जा छैन् । विगत ४० बर्ष देखी स्थायी रुपमा बस्दै आएपनि बस्नलाई एउटा घर छ तर न लालपुर्जा छ, न त जग्गा जमिन नै छ । यहाँ १० घरपरिवार बस्दै आएपनि ३ घरपरिवारको अझै सम्म बस्ने आवास नै छैन् ।
शारदा नगरपालिका १ शान्तिनगर की निर्मला बादीको पनि जनता आवास मार्फत निर्माण भएको बस्नलाई एउटा घर छ । तर जग्गा जमिनको नाममा एक टुक्रा पनि छैन् । उहाँले जग्गा जमिन नहुदाँ जीवन निर्वाहको लागी अरुको भर पुर्नपर्ने बाध्यता रहेको बताउनुभयो ।
उहाँले जग्गा जमिन नभएकै कारणले जीवन निर्वाहको लागी पनि अरुको भर पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
अहिले सल्यानमा रहेका सयौँ परिवार घर विहिन अवस्थामा रहेका छन् भने हजारौँ परिवार लालपुर्जा विहिन अवस्थामा रहेका छन् । यस्तो अबस्थामा जीवननिर्वाहमा समस्या भएको पिडित परिवारहरुको गुणासो रहेको छ । बर्षौ देखी आवास र जग्गाजमिन विहिन हुदाँ पनि सरकारी पक्षले उचित ब्यवस्थापन गर्न ढिलाई गरेको उनीहरुले बताएका छन् ।
भुमी सम्वन्धि समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगीले भुमीहिन दलित तथा सुकुम्वासी र अब्यवस्थित रुपमा बसोवास गरेकाहरुलाई ब्यवस्थित गर्ने कार्यको थालनी भएको बताउनुभयो । सोही अनुसार जिल्लाको बागचौर नगरपालिका र कालीमाटी गाउँपालिकामा लगत संकलनको काम शुरु भएको र क्रमशः सबै स्थानिय तहमा यस कार्यको थालनी गरिने उहाँको भनाई छ ।
उहाँले जिल्लामा रहेका आवास र जग्गाजमिन विहिनहरुको लागी आवास र खेतीयोग्य जमिन प्रदान गर्ने, आवास मात्रै भएकाहरुको लागी खेतीपाती गर्नको लागी जग्गाजमिन उपलब्ध गराउने र अब्यवस्थित रुपमा रहेको बसोवासलाई ब्यवस्थित गर्नको लागी जिल्लामा कार्यालय नै स्थापना गरेर कामको शुरुवात भएको जानकारी दिनुभयो ।
उहाँले लालपुर्जा विहिनहरुको हात हातमा लालपुर्जा प्रदान गर्ने गरी द्रुत गतिमा कामको थालनी गरिने जानकारी दिनुभयो । जिल्लाको वजारी क्षेत्रमा आवास विहिन, ग्रामिण क्षेत्रमा लालजुर्जा विहिन र सडक करिडोरमा अब्यवस्थित रुपमा बसोवास बढी भएकाले स्थानिय तहसँगको समन्वयमा उनीहरुको उचित ब्यवस्थापन गरिने उहाँको भनाई छ ।
तपाईंको प्रतिक्रिया