संसद पुनर्स्थापनापछि पहिलो बैठक आज

काठमाडाैं ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पहिलोपल्छ आज अपराह्न संसद बैठक बस्दैछ । मन्त्रिपरिषदको फागुन १७ को बैठकको निर्णय र सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि संसदको हिउँदे अधिवेदन बोलाएकी हुन् ।
यसअघि पुस ५ गते मन्त्रिपरिषद बैठकमार्फत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेका थिए । राष्ट्रपति भण्डारीले तत्कालै सदर गरिदिएपछिस सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चको संवैधानिक इजलासले फागुन ११ गते फैसला सुनाउँदै प्रधानमन्त्रीको कदम संविधानअनुसार नरहेको निश्कर्ष दिएको थियो ।
तपाईंको प्रतिक्रिया