आज घोराही-होलेरी सडक बन्द
तुलसीपुर ।
सहिद मार्ग अन्तर्गत घोराही होलेरी सडक सुधारको माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध पार्ने भएका छन । दाङमा रहेका सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने चुनढुंगा बोक्ने टिप्परका कारण सडक जिर्ण भएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् । रोल्पाबाट सहिदमार्ग हुँदै घोराहीमा रहेका सिमेन्ट उद्योगका लागि टिप्परहरूले चुनढुंगा बोक्ने गर्दछन् ।
सहिदमार्ग सुधार संघर्ष समितिका संयोजक नन्दराम खड्काले विज्ञप्ति जारी गर्दै आफूहरुको माग ध्यानकर्षण गराउन फागुन २४ गते आज एक दिन यातायात बन्दको घोषणा गरेको जानकारी गराएका छन् । उनले चुनढुंगा बोक्ने टिप्परको हकमा भने अर्को सूचना नहुञ्जेलसम्म बन्द गरिने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
तपाईंको प्रतिक्रिया