तुलसीपुरका किशोरीलाई साईकल

 फागुन २४, २०७७


तुलसीपुर ।

१ सय ११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिकाले किशोरीहरुलाई साईकल वितरण गरेको छ। उपमहानगरले कक्षा ८ देखि १२ सम्म अध्ययनरत लामाेदुरिमा पैदल हिडेर पुष्ने छात्राहरुलाई साईकल वितरण गरेको हो ।

पहिलो चरणमा ५४ जना छात्रालाई नगर प्रमुख घनश्याम पाण्डेले साईकल हस्तान्तरण गर्नुभएको हो । साथै तुलसीपुर बजार क्षेत्रमा साईकल ¥यालीको समेत आयोजना गरिएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ ¥यालीको आयोजना गरिएको हो ।

तपाईंको प्रतिक्रिया