‘नेकपा’ हटाएर एमालेको बोर्ड र झण्डा फहराइँदै

 फागुन २४, २०७७

काठमाडाैं ।

सर्वाेच्च अदालतको आइतवारको फैसलाबाट नेकपा एमाले ब्यूतिएपछि देशभरका पार्टी कार्यालयबाट ‘नेकपा’ हटाएर नेकपा एमालेका बोर्ड र झण्डा फहराउने अभियान चलेको छ ।विभिन्न जिल्लामा तत्कालीन नेकपा एमालेको कार्यालय रहेका ‘मदन आश्रिम भवन’मा फेरि एमालेको झण्डा राख्न थालिएको छ ।

विराटनगर र हेटौंडामा एकीकरणपछिको झण्डा र बोर्ड हटाएर नेकपा एमालेको झण्डा र बोर्ड राखिएको छ । सर्वोच्च अदालतले नेकपाको नामसम्बन्धी विवादमा ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको पार्टी कार्यालयमा नेकपा एमालेको होर्डिङ बोर्ड राखिएको छ । हेटौँडा उपमहानगरपालिका–५ पुष्पलालपार्कस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा सोमबार नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको हो ।

तपाईंको प्रतिक्रिया