प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

 फागुन २५, २०७७

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सर्वोच्च अदालतले आइतबार नेकपा एकता प्रक्रिया खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन् । यसैबीच सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेश गर्न बाँकी छ । आइतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भएको थियो ।

तपाईंको प्रतिक्रिया