राष्ट्रिय दलित पत्रकार संघकाे महाधिवेशनको तयारी
बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपाल फागुन २८,२९ र चैत १ गते हुने प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरि आवश्यक तयारी पूरा भएको दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले बताए ।
महाधिवेशनमा देशभरबाट ४ सय बढि पत्रकारहरु सहभागिता हुने उनले बताए। कार्यक्रमको पुर्व प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डबाट उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । यसैगरि विभिन्न राजनितिक दलहरुका नेताहरु उद्घाटन सत्रमा उपस्थित हुने उनले बताए । महाधिवेशनमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने ४ वटा पुरस्कार वितरण गरिने उनले बताए ।
टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार(डिबि परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने उनले बताए ।
यसैगरि दलित समदायका संचारकर्मीहरुका लागि लेखनवृत्ति समेत प्रदान गरिने उनले बताए । यसैगरि महाधिवेशनका अवसरमा आमसंचार र समावेशिताको सवाल, मिडियामा महिला, दलित महिला, दलित आन्दोलन युवा र आम संचार विषयमा छुट्टाछुट्टै कार्यशाला गोष्ठी हुने उनले बताए ।
जातिय समानताका लागि समता भोज आयोजना गरिने उनले बताए । दलित समुदायका युवाहरुको सामाजिकसंगै आर्थिक समृद्धिलाई जोड्ने अभियानका रुपमा रहेको उनले बताए । सबै राजनितिक आस्थाका दलित समुदायका पत्रकारहरुको साझा संस्था भएको उनले बताए ।
तपाईंको प्रतिक्रिया