दलित पत्रकार संघ रोल्पाको अध्यक्षमा नेपाली

 फागुन २५, २०७७


तुलसिपुर ।
‘सफल पत्रकारको आधार, निष्पक्ष समावेशी समाचार’ भन्ने मुल नारा सहित राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति रोल्पाको ऐतिहासिक जिल्ला सम्मेलन आज लिबाङमा सम्पन्न भएको छ । उक्त सम्मेलनले भरत नेपालीको अध्यक्षतामा १३ सदस्य जिल्ला कमिटी चयन गरेको छ । उपाध्यक्षमा पूर्ण सिंह विश्वकर्मा, सचिवमा रेशम बि.क, सह सचिवमा टेक बहादुर वि.क, कोषाध्यक्षमा शर्मिला बि.क, सदस्यहरुमा जमानसिंह बि.क, राजेश नेपाली, दिनेश बि.क, दिनेश बि.क, खुम बहादुर सुनार, दिपा परियार, निशा सुनार र सीता सुनार चयन हुनुभएको छ ।
अध्यक्ष भरत नेपालीको अध्यक्षता तथा राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका सल्लाहकार मानसिंह विश्वकर्माकाे प्रमुख अातिथ्यमा कार्यक्रम भएको हाे । साे अवसरमा दलित महिला सचेतन केन्द्र रोल्पाका अध्यक्ष रेखा सुनार, दलित संयुक्त जनअधिकार मञ्च रोल्पा नगरपालिका ६ नं. वडा कोटगाउँको संयोजक धनसिंह विश्वकर्मा लगायतलेका बाेल्नुभएकाे थियो ।

कार्यक्रमको सञ्चालन सचिव रेशम बिक र स्वागत उपाध्यक्ष टेक बहादुर बिकले गर्नुभएको थियो । नव निर्वाचित कार्य समितिको पहिलाे बेैठकले राष्ट्रिय दलित पत्रकार संघ नेपालको राष्ट्रिय सम्मेलन वुटवलमा आयोजित भएको हुँदा जिल्ला कार्य समितिबाट अध्यक्ष भरत नेपाली, सचिव रेशम बि.क वा सह सचिव टेक बहादुर बि.क र कोषाध्यक्ष शर्मिला बि.क.लाई पठाउने निर्णय पारित भएको अध्यक्ष भरत नेपालीले बताउनुभयाे ।

तपाईंको प्रतिक्रिया