दंगीशरणमा चारसय बढिले लगाए कोरोना खोप

 फागुन २६, २०७७

दिपतीशिखा चौधरी,दंगीशरण ।
दंगीशरण गाउँपालिकामा तेस्रो दिन मंगलवार १ सय ३० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । पुरुष ६९ जना र महिला ६१ जना गरी १ सय ३० जनाले लगाएका छन् । यस्तै पहिलो दिन २३ गते पुरुष ६९ जना र पुरुष ५९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका थिए । यस्तै दोस्रो दिन पूरुष ८८ जना र महिला ७९ जना गरी १ सय ६७ जनाले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख दशरथ गीरीले जानकारी दिए ।

अहिले सम्म पुरुष २ सय २६ र महिला १ सय ९९ गरि ४ सय २५ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । ईलाका हेकुली स्वास्थ्य चौकि, प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँ र गोल्टाकुरी स्वास्थ्य चौकि र नागरीकहरुको सहजताका लागि खोप यूनीट परीचालन गरेर वडा न. १ स्थित फुर्केसल्ली बाट बाट कोभिड १९ विरुद्धको खोप लगाउँने कार्यक्रम संचालन गरिएको कोभिड फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिए ।

फागुन २३ गते देखि शुरु भएको खोप चैत्र २ गते सम्म शिक्षक, पहिला छुटेका कर्मचारी महिला स्वयसेविका र ६५ बर्ष उमेर पार गरेका नागरीकहरुले खोप लगाउँनेछन् ।

तपाईंको प्रतिक्रिया