म माथि घेराबन्दी गर्ने काम भयाे : प्रचण्ड

 फागुन २८, २०७७


बुटवल ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूमाथि घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । बुटवलमा राष्ट्रिय दलित पत्रकार सङ्घको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले प्राप्त परिवर्तनलाई उल्टाउन परिवर्तनका लागि सङ्घर्ष गर्ने नेताहरूको बदनाम गर्ने र घेराबन्दी गर्ने काम भइरहेको दाबी गर्नुभयो ।

१२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको भन्दै अहिले आफू जीवितै भएको र परिवर्तन उल्ट्याउन सबैभन्दा धेरै घेराबन्दी आफूमाथि नै भइरहेको महसुस गरेको उहाँले बताउनुभयो ।

अध्यछ बिनाेद पहाडीकाे अध्यक्षतमा भएको कार्यक्रममा दलित समुदायका बिशिस्ट ब्यक्ति लाई सम्मान गरिएको थियाे । अधिबेशनकाे बन्द सत्र भाेलि हुनेछ नया नेतृत्व चयन गर्दै अवकाे कार्यदिशा बारे बृहत् छलफल हुने छ । अधिबेशनमा देशभरका ३ सय बढि पत्रकार काे सहभागीता रहेकाे छ

तपाईंको प्रतिक्रिया