सञ्चारका सवालमा लुम्बिनी प्रदेशले गरेका कामबारे छलफल

तुलसीपुर ।
अाम सञ्चारका सम्बन्धमा लुम्बिनी प्रदेश सरकारले गरेका काम र कानुन निर्माण बारे छलफल भएको छ ।
राष्ट्रिय दलित पत्रकार सङ्घकाे केन्द्रीय महाधिवेशनका अबसरमा बुटवलमा कार्यक्रम भएको हाे । सङ्घका अध्यक्ष बिनाेद पहाडीकाे अध्यक्षता तथा प्रदेश सरकारका अान्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीकाे प्रमुख अातिथ्यमा कार्यक्रम भएको हाे । कार्यक्रममा मन्त्रालयका सचिव रविलाल पन्तले हाल सम्म भएका कामकाे बारेमा प्रस्तुति राखेका थिए । उनले प्रदेशका १२ जिल्लामा महासङ्घकाे भवन निर्माण तथा मर्मत कार्ययोजना अनुसार अब ५ जिल्लामा काम निर्माणकाे चरणमा रहेको जानकारी दिय । त्यसैगरि हाल ३४ सामुदायिक रेडियो र १७ निजि रेडियो बाट प्रदेश सरकार सङ्ग जनता कार्यक्रम सञ्चालन भएको जानकारी दिए । बिभिन्न अनुदानका काााार्यक्र पनि रहेकाे बताए । साथै सञ्चार माध्यमकाे एकीकृत कानुन बन्ने प्रक्रियामा रहेकाे जानकारी दिए। साे अवसरमा नागरिक दैनिक लुम्बिनी प्रदेश प्रमुख रेखा शर्मा र पत्रकार महासङ्घका सचिव रेम बिश्वकर्माले सुझाव दिएका थिए । उनिहरुले कानुन निर्माण र कार्यान्वयनमा ध्यान दिन अाग्रह गरे ।
तपाईंको प्रतिक्रिया