टिप्पर पल्टिँदा एक जनाको ज्यान गयाे

काठमाण्डौ ।
काठमाण्डौको चन्द्रागिरीमा टिप्पर पल्टिँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । गएराति चन्द्रागिरी नगरपालिका-२ मसिने भीरमा मसिनेबाट ग्राबेल बोकेर बाणभञ्ज्याङका लागि छुटेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिप्पर पल्टिँदा चालक मकवानपुर भीमफेदी-२ का २५ वर्षका विनोद बलको ज्यान गएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।
तपाईंको प्रतिक्रिया