म्यानमार घटनाको विरोधमा तुलसीपुरमा प्रर्दशन
तुलसीपुर ।
मानव अधिकार तथा शान्ती समाज दाङ शाखाले म्यानमारमा भएको घटनाको विरोध गरेको छ । म्यानमारमा हत्या बन्द गर, सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन जस्ता विभिन्न नारा लगाउदै तुलसीपुरको विपि चोकमा विरोध प्रदर्शन गरिएको हो । शाखा सभापति तुलसीराम सुनारको अध्यक्षतामा भएको विरोध प्रर्दशनमा बोल्ने बक्ताहरुले कसैले पनि मानव अधिकार हनन गर्न नपाईने बताएका छन् ।
म्यानमारमा भएको हिंसात्मक घटनाले नेपाललाई समेत दुखी बनाएको बताउदै उनीहरुले शान्ती स्थापनाका लागी बार्ता र सम्वादको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
सोहि अवसरमा समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले म्यान्मारको घटना दुखद भएको बताउदै आफुहरुले यसको विरोधमा दाङ सहित देशभर विरोध कार्यक्रम गरेको बताउनु भएको छ ।
यस्तै, समाजका केन्द्रिय सचिव निर्मल नेपाली र दाङका संस्थापक डिल्लीराज धितालले म्यान्मारमा राजनीतिक अधिकारको सुनिश्चितताको माग गर्नु भयो । कार्यक्रमको सहजीकरण सचिव निर्मला डिसीले गर्नु भएको थियो । म्यान्मारमा सैनिक कू विरुद्ध प्रदर्शन भईरहेको छ । प्रर्दशनका क्रममा सेनालाई चलाएको गोली लागेर हाल सम्म एक सय बढि प्रदर्शनकारीको ज्यान गएको छ भने कयौँ घाईते भएका छन् ।
गत फेबु्रवरी १ मा म्यान्मारका नेतृ आङसान सुचीसहितका नेताहरुलाई नजरबन्द गरी सेनाले सत्ता हातमा लिएको छ ।



तपाईंको प्रतिक्रिया