बर्दियामा फेरी एक महिलालाई पाटेबाघले लग्यो
बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघले महिलालाई लगेको छ । निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ की ५५ वर्षीया डल्ली रावतलाई बाघले लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । अहिले पाटेबाघले लगेकी महिलाकाे खोजी भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रबाट बाघको आक्रमणबाट यो वर्ष मात्रै नाै जनाको ज्यान गइसकेको छ ।


तपाईंको प्रतिक्रिया