माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड

 चैत ०३, २०७७

तुलसीपुर ।
नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको हो । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ । यसअघि नेकपा एमालेसंग एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेतामा केपी शर्मा ओली र प्रमुख सचेतक देव गुरुङ रहनुभएको थियो ।

तर सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो ।

तपाईंको प्रतिक्रिया