धारिलो हतियार प्रहारबाट युवकको हत्या

 चैत ०४, २०७७

रोल्पा ।

 रोल्पामा गएराति धारिलो हतियारको प्रयोगबाट एक जनाको हत्या भएको छ । परिवर्तन गाउँपालिका-६ चावाङ का ३० वर्षका विरेन्द्रप्रकाश गिरीको अपरिचित समूहले हत्या गरेको प्रहरीले जनाएको छ । मंगलबार साँझ ७ बजेतिर हाम्जा खोला नजिकै धारिलो हतियार प्रयोग गरी हत्या भएको र त्यस समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले बताए ।

तपाईंको प्रतिक्रिया