उपभोक्ता अधिकारबारे सल्यानमा छलफल

तुलसीपुर ।
राष्ट्रिय मानव अधिकार आयोगले सल्यानमा उपभोक्ता मानव अधिकार विषयक छलफल र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सल्यानको कपुरकोट गाउँपालिकामा बुधबार जनप्रतिनिधी, कर्मचारी, मानव अधिकारकर्मी, उपभोक्ता, पत्रकार तथा व्यापारी, व्यवशायीसंग छलफल गरेको हो ।
दैनिक उपभोग्य वस्तुको सहज व्यवस्थापनका लागि र उपभोक्ताले गुणस्तरिय सेवाको उपभोग गर्न पाउनुपर्ने मौलिक हकको रक्षाका लागि मानव अधिकार आयोग तथा स्थानीय सरकारले नेतृत्वदायी र प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा आयोगका प्रवद्र्धन तथा वकालत महाशाखाका प्रमुख दिपेन्द्र बहादुर सिंहले उपभोक्ताका अधिकार, विक्रेता तथा सेवा प्रदायकको दायीत्व, बजार अनुगमन सम्बन्धी स्थानीय तहको अधिकार लगाएतका विषयमा अभिमुखिकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अथिती कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उपभोक्ताहरुले आफ्ना हकअधिकारहरुको पूर्ण रुपमा उपभोग गर्न पाउनुपर्नेमा जोड दिए । राष्ट्रिय मावन अधिकार आयोग लुम्बीनी प्रदेश शाखा नेपालगञ्जका प्रमुख झंकर बहादुर रावलले उपभोक्ता अधिकारको अनुगमन र यस सम्बन्धमा परेका उजुरीहरु उपर निरन्तर अनुगमन र अनुसन्धान गर्दै आएको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नं ५ का वडा अध्यक्ष यम कुमार वस्सनेत, सासमुदायीक वन उपभोक्ता महासंघ कर्णालीका अध्यक्ष घनश्याम शर्मा, मानव अधिकारकर्मीहरु जीत प्रसाद आचार्य, देवेन्द्र कुमार सेन लगाएतले बोल्दै बजार अनुगमन गर्ने केन्द्रीय, जिल्ला र स्थानीय तहका संरचनाहरुमा समन्वय, सहकार्य र एकरुपता हुन आवश्यक रहेको बताएका थिए ।
तपाईंको प्रतिक्रिया