माधव पक्षले बोलायो युवा भेला

 चैत ०६, २०७७

काठमाडौं ।

नेकपा एमालेको माधव नेपाल पक्षले भोलि युवाहरूको राष्ट्रिय भेला बोलाएको छ ।शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै शनिबार राष्ट्रिय सभागृहमा भेला बोलाइएको आयोजक कमिटीका संयोजक नरेश शाहीले जानकारी दिए । भेलाले पछिल्लो परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सृदृढिकरण गर्ने उनले बताए ।

भेलालाई वरिष्ठ नेता तथा नेपालले उद्घाटन गर्ने तय गरिएको छ । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले माउ पार्टी ब्युँतिएसँगै भ्रातृ संगठनहरूलाई पनि २०७५ जेठ २ को अवस्थामा पुर्‍याएको सो पक्षको जिकिर छ । भोलिको भेलामा केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुखलगायतको पदाधिकारीहरू सहभागी हुनेछन् ।

तपाईंको प्रतिक्रिया